नेपाल प्रवेश गरेको १२औँ दिनमा मनसुन देशभर फैलियो
काठमाडौं । यही असार ५ गते पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन आजदेखि देशभर फैलिएको छ । औसत मिति जुन १३ तारिखभन्दा ६ दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसुन देशभर फैलन १२ दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुन कोशी प्रदेशको पूर्व भू–भागबाट नेपाल प्रवेश गरेकोमा त्यसको चोथै दिन असार ८ गते कोशी, मधेश र बागमती प्रदेशको सबै भू–भाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदशेको पूर्वी भू–भागको थोरै ठाउँसम्म फैलिएको थियो ।
सामान्यतया मनसुन नेपाल प्रवेश गरेपछि देशभर फैलिन १ हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि केही थप समय रोकिएको हो । अब भने देशका सबै भू–भागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसुनको प्रभाव शुरू भएको छ ।
नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख अर्थात् असोजको तेस्रो हप्ता हो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया