Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

चिया निर्यातको अवरोध हट्यो, काँकडभित्ता हुँदै चियाका गाडी भारततर्फ जान थाले


काठमाडौं । झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ ।

गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोध हटेर नेपाली चियाका गाडीहरु भारतर्फ जान थालेका हुन् ।

सरकारको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण ९एफएसएसएआई०ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै निर्यात फेरि सुरु भएको हो ।

निर्यात रोकिँदा नेपालका करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका २ वटा ट्रक नेपालको काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार पार गरेका हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट