Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

पेट्रोलियम मूल्य घटेपछि निजी पम्प बन्द, निगमद्वारा अनुगमन तीव्र


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३० रुपैयाँ मूल्य घटाएपछि बुधबार काठमाडौं उपत्यकासहित विभिन्न स्थानका अधिकांश निजी पेट्रोल पम्प बन्द भएका छन् । पुरानो मौज्दातबाट नोक्सानी हुने भन्दै व्यवसायीहरूले बिक्री रोकेपछि बजारमा कृत्रिम अभाव देखिएको हो ।

यसका कारण इन्धन भर्न पुगेका सर्वसाधारण र सवारीचालकले सास्ती भोग्नुपरेको छ भने सरकारी पम्पहरूमा अत्यधिक भीड लागेको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय बजार र इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन नयाँ मूल्य लागू गरिएको हो ।

निगमले काठमाडौँ उपत्यकामा तीनवटा अनुगमन टोली परिचालन गरी बिना कारण पम्प बन्द गर्ने वा कृत्रिम अभाव सिर्जना गर्ने पम्पमाथि सिल गर्ने तथा कानुनी कारबाही अघि बढाइने जनाएको छ । निगमले इन्धन आपूर्तिमा कुनै समस्या नरहेको र बजार अवस्था साँझसम्म सामान्य हुने दाबी गरेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट