Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

को हुन् नेपाली कांग्रेसका संसदीय दलका नेता आङ्देम्बे ?


काठमाडौं । २०२० सालमा पाँचथरको फाल्गुनन्दको नवमीडाँडामा जन्मेका भीष्मराज आङ्देम्बे २०३६ सालको जनमतसंग्रहको बेलाबाट कांग्रेस राजनीतिमा सक्रिय भएका थिए । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलहुँदै कांग्रेसको १४औँ महाधिवेबानबाट सहमहामन्त्री निर्वाचित भएका थिए ।

२०७० को दोस्रो संविधानसभामा पाँचथर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसअघि आङ्देम्बे २०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचथर– २ मा एमालेका डम्बरसिंह सम्बाहाम्फेसँग पराजित भएका थिए । त्यस्तै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पुनः एमालेका वसन्तकुमार नेम्वाङसँग आङ्देम्बे ४६ मतले पराजित भएका थिए ।

पछिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका आङ्देम्बे ८० वर्ष पुरानो कांग्रेसको संसदीय दलको नेता बन्ने पहिलो जनजाति नेता हुनेछन् । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा आङ्देम्बेको भूमिका कांग्रेसभित्र होइन, संसद र संवैधानिक परिषद्‌मा महत्त्वपूर्ण भूमिका हुनेछ ।

२१ फागुनको चुनावबाट सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई दलको नेता बनाएर प्रधानमन्त्री बनाएको छ । त्यस्तै, एमालेले रामबहादुर थापा, नेकपाले पुष्पकमल दाहाल, श्रम संस्कृति पार्टीले हर्क साम्पाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई यसअघि नै दलको नेता चयन गरेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट