Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

बालबालिकालाई सदस्यता दिएको विषयमा रास्वपसँग मानवअधिकार आयोगले माग्यो स्पष्टीकरण


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग स्पष्टीकरण मागेको छ ।

आयोगले बुधबार पत्र पठाउँदै सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त विषयमा यथाशीघ्र जवाफ उपलब्ध गराउन आग्रह गरेको हो ।

हालै १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको विवरण सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ। यही सन्दर्भमा आयोगले पनि औपचारिक रूपमा स्पष्टीकरण मागेको हो ।

आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको पुष्टि भएमा त्यस्तो कार्य प्रचलित नेपाली कानुन तथा नेपालले गरेका अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने उल्लेख गर्दै यसप्रति सचेतसमेत गराएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट