Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

महाधिवेशनमा सघाउनेलाई धन्यवाद, तीन आयोगमा नेतृत्व


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले महाधिवेशन सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण पक्षप्रति आभार व्यक्त गरेको छ।

नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहणपछि घण्टीघरस्थित चमतीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले महाधिवेशनको सफल आयोजनामा योगदान दिने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो।बैठकले सभामुख तथा पार्टीका पूर्वउपसभापति डोलप्रसाद (डीपी) अर्यालले पार्टी निर्माण र सुदृढीकरणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै विशेष धन्यवाद व्यक्त गरेको छ। सभापति रवि लामिछानेले बैठकमा प्रस्तुत गरेको धन्यवाद प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको जनाइएको छ।

यस्तै, बैठकले पार्टीअन्तर्गतका तीनवटा केन्द्रीय आयोगको नेतृत्व पनि टुंगो लगाएको छ। निर्णयअनुसार केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी र लेखा आयोगको प्रमुखमा अभिषेक घिमिरेलाई पुनः जिम्मेवारी दिइएको छ।

अनुशासन आयोगको नेतृत्वमा भने परिवर्तन गरिएको छ। कास्कीका लेखनाथ पौडेललाई नयाँ प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि उक्त आयोगको नेतृत्व रमाकान्त रिमालले सम्हाल्दै आएका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट