Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

कांग्रेस १५औं महाधिवेशन : जनसम्पर्क समितिको अधिवेशन साउन मसान्तभित्र सम्पन्न गर्न निर्देशन


ललितपुर। नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीस्वरूप विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई साउन मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो। समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको निर्णय र परिपत्र बमोजिम जनसम्पर्क समितिहरूलाई अधिवेशन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा १४ (३) मा जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्रै हुनुपर्ने व्यवस्था छ। सोही कानुनी प्रावधानलाई स्मरण गराउँदै समितिले विदेशस्थित सबै जनसम्पर्क समितिहरूलाई अनिवार्य रूपमा सदस्यता विवरण केन्द्रमा पठाउन आग्रह गरेको छ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृत भइसकेपछि मात्र निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने व्यवस्था छ। त्यसैले, अधिवेशनको मिति तय हुनुअघि नै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन र तोकिएका प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन सम्पन्न गर्न सबै जनसम्पर्क समितिहरूलाई परिपत्र गर्ने निर्णय भएको समितिले जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट