आज राति यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । बिहीबार दिउँसो काठमाडौं उपत्यकासहित आसपासका पहाडी जिल्लामा भारी वर्षा भएपछि रातिको समयमा पनि देशका विभिन्न भागमा वर्षा जारी रहने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार राति देशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, कर्णाली प्रदेशका पहाडी भूभागका साथै मधेस र कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
सक्रिय मनसुनी प्रणाली भित्रिसकेका कारण आगामी केही घण्टासम्म पनि देशका विभिन्न भागमा वर्षाको क्रम जारी रहने महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया