Techie IT
KTM Post
बिहीबार, १८ असार, २०८३

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ


जनकपुरधाम । नेकपा (एमाले)का पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । बिहीबार महोत्तरी प्रहरीले गौशालाबाट कोइरीलाई पक्राउ गरेको हो ।

उच्च अदालत जनकपुरले असई थमन विक हत्या प्रकरणमा बुधबार पाँच वर्ष कैद सजाय सुनाएका थिए । सोही मुद्दामा उनलाई पक्राउ गरिएको हो । यसअघि महोत्तरी जिल्ला अदालतबाट कोइलीले सफाइ पाएका थिए ।

कोइरीमाथि दुई मुद्दा लगाइएको थियो, आगलागी र कर्तव्य ज्यान मुद्दा । आगलागीसम्बधी मुद्दामा जिल्ला अदालतकै फैसलालाई सदर गरिएको छ । कर्तव्य ज्यान मुद्दामा केही उल्टी गर्दै पाँच वर्ष कैद सजाय फैसला सुनाएको हो ।

दोस्रो मधेस आन्दोलनको क्रममा महोत्तरीमा असई थमन विकको हत्या भएको सरकारको दाबी छ । सोही मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते अभिराम शर्मासहित पाँचजनालाई जन्मकैदको सजाय सुनाएको थियो भने कोइरीले सफाइ पाएका थिए ।

यही फैसलाबाट असन्तुष्टि जनाउँदै दोषी ठहर भएका सातजनाले वारेसमार्फत २०८१ वैशाख ९ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेका थिए । उच्च अदालतले २७ महिनापछि फैसला सुनाएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट