कांग्रेस संस्थापन इतर समूहको बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले शुक्रबार आफ्नो पक्षका नेताहरूको विशेष बैठक बोलाएका छन्। देउवा समूहको आन्तरिक छलफलका लागि गोल्फुटारस्थित खड्का निवासमा दिउँसो २ बजे बैठक तय गरिएको हो।
बैठकमा पार्टीका निवर्तमान पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूको सहभागिता रहने जनाइएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित समूहको राष्ट्रिय भेलाको मिति निर्धारण र आवश्यक तयारीबारे मुख्य रूपमा छलफल हुने बताइएको छ।यसअघि देउवा पक्षले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। अब राष्ट्रिय भेला आयोजना गरी सांगठनिक गतिविधि, भावी रणनीति तथा समूहको आगामी भूमिकाबारे निर्णय गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ।
पछिल्ला दिनमा देउवा निकट नेताहरूबीच विभिन्न चरणमा अनौपचारिक तथा औपचारिक छलफल हुँदै आएका छन्। यसअघि नेता विमलेन्द्र निधिको निवासमा भएको भेटघाटमा पनि राष्ट्रिय भेला र पार्टीको आगामी कार्ययोजनाका विषयमा प्रारम्भिक कुराकानी भएको थियो।आजको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित नेताहरूको राष्ट्रिय भेलालाई व्यवस्थित बनाउने तथा समूहको संगठनात्मक सक्रियतालाई थप प्रभावकारी बनाउने विषयमा ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया