Techie IT
KTM Post
शुक्रबार, १९ असार, २०८३

सामान्य अंक घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ४१ करोड


काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

शुक्रबार नेप्से परिसूचक ८.३० अंक घटेर २६५३.४० विन्दुमा झरेको छ।नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ४६ हजार २३४ पटकको कारोबारमा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार रुपैयाँबराबरको ८५ लाख ८४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १।०६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, जलविद्युत, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०।९६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन ४ प्रतिशत एग्रीकल्चरल बण्ड शीर्ष स्थानमा रहेको छ। यस दिन ४३ करोड रुपैयाँबराबरको सो बण्ड किनबेच भएको छ। त्यस्तै, यस दिन करिब ४० करोड रुपैयाँबराबरको ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे १७ करोड रुपैयाँ नाघेको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। यस दिन सानिगाड हाइड्रो, स्नो रिभर्स र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लागेको हो। त्यस्तै, यस दिन नेपाल फाइनान्सको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने खानी खोला हाइड्रोपावरको शेयरमूल्य साढे ११ प्रतिशतभन्दा बढी बढेको छ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट