Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

बालेन सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची प्रगति ८७.२ प्रतिशत


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमध्ये ८७.२ प्रतिशत प्रगति हासिल भएको जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले पहिलो १०० दिनका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्दै १०० बुँदे कार्यसूचीअन्तर्गत ७० वटा बुँदा पूर्ण रूपमा कार्यान्वयन भइसकेको जानकारी दिए।उनका अनुसार थप १७ बुँदामा ८० प्रतिशतभन्दा बढी प्रगति भएको छ भने १३ वटा कार्यसूचीको प्रगति ६० प्रतिशतभन्दा कम रहेको छ।

सरकारले गत चैत १३ गते सार्वजनिक गरेको कार्ययोजनामार्फत राज्यको समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउने लक्ष्य लिएको थियो। साथै, नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

सरकारले १०० दिनको अवधिमा हासिल भएका उपलब्धिलाई प्रशासनिक सुधार र सेवा प्रवाह सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट