अमेरिकाले धुमधामका साथ मनायो २५०औँ स्वतन्त्रता दिवस
काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस देशव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ।
यस अवसरमा फिलाडेल्फिया, न्युयोर्क र वासिङ्टन डीसीसहित सबै ५० राज्यमा परेड, सांस्कृतिक कार्यक्रम, ऐतिहासिक प्रदर्शनी तथा सांगीतिक कन्सर्ट आयोजना गरिएको छ।ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, वासिङ्टन डीसीमा भव्य आतिशबाजी प्रदर्शन गरिने तयारी गरिएको छ।तीव्र गर्मी र केही स्थानमा प्रतिकूल मौसमका बाबजुद पनि स्वतन्त्रता दिवसका कार्यक्रमहरूमा ठूलो संख्यामा सर्वसाधारण सहभागी भएका छन्।अमेरिकी स्वतन्त्रताको केन्द्र मानिने फिलाडेल्फियामा दिउँसो १२ बजे ऐतिहासिक घण्टी बजाइएको थियो भने इन्डिपेन्डेन्स मल क्षेत्रमा स्वतन्त्रता संग्रामसँग सम्बन्धित झाँकी तथा विशेष कार्यक्रम प्रस्तुत गरिएको थियो।
इतिहासअनुसार सन् १७७६ जुलाई ४ मा उत्तरी अमेरिकाका १३ ब्रिटिस उपनिवेशले स्वतन्त्रताको घोषणा गर्दै बेलायती शासनबाट अलग हुने निर्णय गरेका थिए। सोही दिनको स्मरणमा अमेरिकाले प्रत्येक वर्ष जुलाई ४ लाई स्वतन्त्रता दिवसका रूपमा मनाउँदै आएको छ।
यस वर्षको विशेष अवसरलाई अमेरिकाले ‘अमेरिका २५०’ अभियानअन्तर्गत राष्ट्रिय उत्सवका रूपमा मनाइरहेको छ।
क्याटेगोरी : अन्तराष्ट्रिय













प्रतिक्रिया