Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा


काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

३ करोड ४५ लाख ९९ हजार रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्द आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएको मिति २०७४ असार २० गतेदेखि २०७९ असार २८ गतेसम्म गुप्ताले आर्जन गरेको सम्पत्तिको जाँच गरेको थियो ।

छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय ३ करोड ५१ लाख ५२ हजार ६२० रुपैयाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च ६ करोड ९७ लाख ८१ हजार ७८८ रुपैयाँ देखिएको अभियोगपत्रमा उल्लेख छ ।

अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा, आमा र दुई जना श्रीमतीलाई पनि प्रतिवादी कायम गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट