Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

रेडक्रसका सवारी साधन व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्न केन्द्रको कडा निर्देशन


काठमाडौं । नेपाली रेडक्रस सोसाइटी (नेरेसो) ले संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिह्नको व्यक्तिगत वा अनधिकृत प्रयोग भएको भन्दै मातहतका सबै संरचनालाई त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ।

नेरेसोले जारी गरेको निर्देशनमा रेडक्रसका सवारी साधन र एम्बुलेन्स व्यक्तिगत, पारिवारिक, व्यावसायिक, राजनीतिक वा अन्य गैर-मानवीय प्रयोजनका लागि प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको उल्लेख छ। रेडक्रस चिह्न अंकित सवारी साधन संस्थाका पदाधिकारी, सदस्य तथा कर्मचारीले केवल मानवीय सेवासम्बन्धी कार्यमा मात्र प्रयोग गर्नुपर्ने स्पष्ट गरिएको छ।

संस्थाका सवारी साधन, एम्बुलेन्स तथा रेडक्रस चिह्न राहत तथा उद्धार, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, रक्तसञ्चारलगायत संस्थागत मानवीय सेवाका कार्यमा मात्र प्रयोग गर्नुपर्ने नेरेसोले जनाएको छ।

साथै, रेडक्रसका सवारी साधन, एम्बुलेन्स वा रेडक्रस चिह्नको व्यक्तिगत प्रयोग वा दुरुपयोग भएको जानकारी भए केन्द्रलाई तत्काल सूचित गर्न नेरेसोले सबै सम्बन्धित पक्षसँग अनुरोध गरेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट