Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

भारी बर्षापछि बिपी राजमार्ग फेरि बन्द


काठमाडौं । बिपी राजमार्ग फेरि अवरुद्घ भएको छ । गएराती परेको भारी बर्षाका कारण राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो ।

काभ्रे जिल्लाका विभिन्न स्थानमा ठूलो वर्षा भइरहेकाले सम्भावित दुर्घटना जोखिम टार्न राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ । मौसममा सुधारपछि मात्रै राजमार्ग सञ्चालन हने प्रहरीले जनाएको छ ।

बाढीले डाइभर्सन बगाएपछि तीन दिन अवरुद्ध भएको सो राजमार्ग दुई दिनअघि मात्र सञ्चालनमा आएको थियोे । प्रहरीले १०० र १०३ मा सम्पर्क गरेर मात्रै सो सडकमा यात्रा गर्न अनुरोध गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट