Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

नेटो शिखर सम्मेलनमा भाग लिन टर्कीमा ट्रम्प


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प नेटो शिखर सम्मेलनमा भाग लिन टर्की पुगेका छन्।जहाँ उनले इरानविरुद्धको युद्धमा नेटोका युरोपेली सहयोगीहरूको व्यवहारबाट निराश भएको बताएका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँगको भेटमा ट्रम्पले पत्रकारहरूमाझ भने, ‘म नेटोबाट धेरै निराश छु।’

उनले थपे, ‘हामीलाई कुनै सहयोगको आवश्यकता थिएन। म मानिसहरूको परीक्षा लिइरहेको थिएँ।’

ट्रम्पले युद्धका बेला नेटो सदस्यहरू अमेरकाको साथमा उभिन्छन् कि उभिदैनन् भनेर हेर्न चाहेको बताए। उनले भने, ‘हामीले उनीहरूलाई मद्दत गरेका छौँ, तर हामीलाई आवश्यक पर्दा उनीहरू हाम्रो साथमा उभिने निश्चित छैन।’

राष्ट्रपति ट्रम्प बुधबार हुने नेटो शिखर सम्मेलनमा भाग लिन टर्कीको राजधानी अंकारामा पुगेका छन्।


क्याटेगोरी : अन्तराष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट