Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई चौथो पटक म्याद थप


काठमाडौं । कपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप ५ दिनको म्याद थपिएको छ । आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो ।

अदालतले उनलाई चाैँथाेपटक म्याद थप गरेकाे हाे ।  सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद थपिएको थियो ।

पौडेल पत्नीले रिहाइको माग गर्दै सर्वोच्चमा दायर रिट भने खारेज भएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट