Techie IT
KTM Post
बुधबार, २४ असार, २०८३

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय


काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय भएको उनले बताए ।

त्यस्तै, सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य, काठमाडौंलाई नियुक्त गरेको छ ।

गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।

मन्त्री पोखरेलले सरकारले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली २०८३, स्वीकृत गरेको बताए ।

शैक्षिक परामर्श, भाषा, शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । कारागार नियमावली, २०८३ स्वीकृत गरेको छ । मानव अधिकारसम्बन्धी छैटौँ कार्ययोजना स्वीकृत गरेको पनि उनले बताए ।

त्यस्तै, भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट