Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

 शेखरले दिएको समयसीमा आज सकिने, के गर्दैछन् सभापति गगन थापा ?


विषेश महाधिवेशनपछि नेपाली कांग्रेसका देखिएको विवाद समाधान गर्नका लागि सो महाधिवेशनबाट चयन भएका सभापति गगन थापालगायतको नेतृत्वललाई नेता डा. शेखर कोइरालाले दिएको समयसीमा आज सकिदैछ । नेता डा कोइरालाले उपसभापति विश्वप्रकाश शर्मामार्फत पार्टी एकताबारे २५ असारभित्र स्पष्ट निर्णय गर्न नेतृत्वलाई समयसीमा असार २० गते सार्वजानिक गरेका थिए ।

नेता कोइरालालाई भेट्न उपसभापति शर्मा असार १८ गते डा शेखरको निवास धापासी पुगेका थिए । सो दिनका भेटमा नेता कोइरालाले उपसभापति शर्मालाई २५ असारभित्र स्पष्ट निर्णय गर्न समयसीमा दिएका हुन् । नेतृत्वले पार्टी एकता गर्न नचाहेको नेता कोइरालाको निष्कर्ष रहेको पनि दाबी गरे । उपसभापति शर्मासँगको छलफलपछि नेता कोइराला निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न उनको निवास गल्फुटार पुगेका थिए ।

कोइरालाले बिहीबार नै नेताहरू कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, डा प्रकाशशरण महत र एनपी साउदसँग पछि छुट्टाछुट्टै छलफल गरेका थिए । नेता कोइराला शनिबार पूर्वउपसभापति विमलेन्द्र निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । शेखरले २५ असारसम्मको समयसीमा दिएको कुरा नेता निधिलाई पनि सुनाएका थिए । निधिले कोइरालाको भनाई उदृत गर्दै भनेका थिए – ‘२५ असारसम्म मिले मिल्छ, नत्र बाटो अलगअलग हुन्छ भन्नुभएको छ ।’

तर डा शेखरले दिएको समयसीमापछि पनि संस्थापन पक्षका नेताहरूले खासै पार्टीलाई एक बनाउनका लागि पहल गरेको देखिदैन । बरु नेपाली जनसम्पर्क समितिको अधिवेशनको भर्चअल महाधिवेशन उद्घाटन गर्दै सभापति थापाले केन्द्रीय समिति मर्च गर्ने वा १५ औं महाधिवेशन आयोजक समिति बनाउने र पुस १० गते तत्कालिन महामन्त्री गगन थापाले अन्तिम रुप दिएको क्रियाशील सदस्यताबाट महाधिवेशन अगाडि बढाउन नसकिने स्पष्ट पारेका छन् ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट