Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

एमाले पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकरलाई


काठमाडौं । नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदलको बिहीबारको बैठकले प्राप्त सुझावहरू समेटेर प्रतिवेदन तयार पार्न उपाध्यक्ष एवम् कार्यदल संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको छ।

उपाध्यक्ष थापा अध्यक्ष केपी ओली पक्षमा खुलेका नेता हुन्। महासचिव पोखरेल पार्टी पुनःगठन अभियानका पक्षमा उभिएका नेता हुन्।

कार्यदलको बैठकमा देशभरिबाट प्राप्त सुझावहरूबारे महासचिव पोखरेलले ब्रिफिङ गरेका थिए।

एमाले सचिव शेरधन राईले दिएको जानकारी अनुसार संयोजक र महासचिवले प्रतिवेदनको ड्राफ्ट तयार पारेर कार्यदलमा पेस गर्नेछन्।

कार्यदलले पार्टी सचिवालयमा र सचिवालयले केन्द्रीय कमिटीमा प्रतिवेदन लैजानेछ।

कार्यदलको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै पार्टीभित्रको एकतामा जोड दिएका थिए।

ओलीले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन, एवं पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्न उनले आग्रह गरेका थिए।

कार्यदलका सदस्य सचिव समेत रहेका महासचिव पोखरेलले विभिन्न १३ स्थानमा सञ्चालित सुझाव संकलन कार्यक्रम सम्पन्न भई प्रतिवेदनहरू प्राप्त भएको जानकारी बैठकमा दिएका थिए।

उक्त सुझाव संकलन कार्यक्रमको व्यवस्थापन गर्ने कमिटीहरू र कार्यक्रममा सहभागी भई महत्त्वपूर्ण सुझाव उपलब्ध गराउने सबैलाई कार्यदलले धन्यवाद दिएको छ।

सुझाव संकलनकै सिलसिलामा व्यस्त रहेको अवस्थामा पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै बैठकले निन्दा र भर्त्सना पनि गरेको छ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट