गणेश मृत्यु प्रकरण : महानगर घेर्न जाँदै गरेका प्रदर्शनकारी सुन्धारामै रोकिए
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि ज्यान गएपछि आक्रोशित हुँदै काठमाडौं महानगरपालिका घेराउ गर्न जान लागेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोकेको छ ।
उनीहरू वीर अस्पतालबाट सुन्धारा हुँदै पुरानो महानगरपालिकाको कार्यालय भएको ठाउँ घेराउ गर्न जाँदै थिए । सो क्रममा प्रहरीले सुन्धारामै रोकेको हो ।
मुगु जिल्लाको सोरु गाउँपालिका–१ का स्थायी बासिन्दा रहेका २५ वर्षीय गणेश नेपालीले बिहीबार आत्मदाहको प्रयास गरेका थिए ।
उक्त घटनाअघि काठमाडौँ महानगर प्रहरी बलका सदस्यसँग ‘ह्वील लक’ को विषयमा नेपालीको चर्को विवाद भएको थियो । विवादका बिच नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए ।
करिब ५५ प्रतिशत शरीर जलेको अवस्थामा उनलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको थियो । उनको वीर अस्पतालको ‘बर्न आइसियु’मा उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।
भक्तपुरमा डेरा गरी श्रीमती र छोरीसँग बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । आफूले रोकिराखेको मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेर लैजाने प्रयास गरेपछि उनले आत्मदाहको प्रयास गरेका थिए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया