Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

जेनजी आन्दोलनमा ध्वस्त विराटनगरको भाटभटेनी शनिबारबाट सञ्चालनमा आउने


काठमाडौं । जेनजी आन्दोलनको क्रममा ध्वस्त बनाएको विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केट शनिबारबाट पुनः सञ्चालनमा आउने भएको छ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र लुटपाटपछि आगजनी हुँदा भवनसहित करोडौँ मूल्यका व्यापारिक सामान खरानी भएको थियो ।

एघार महिना लगाएर भवनको पूर्ण मर्मत गरी शनिबारदेखि सञ्चालनको आवश्यक तयारी गरिएको जनाइएको छ।

त्यसका लागि सोमबार पूजापाठ गरेर भवनमा व्यापारिक सामान राख्ने काम सुरु भएको छ । यो शाखामा कार्यरत करिब दुई सय कामदारलाई बन्द अवधिभर कम्पनीले नियमित तलब उपलब्ध गराएर पुनः काममा फर्काएको छ ।

भाटभटेनीको विराटनगर शाखा खुलेपछि एकै व्यापारिक थलोबाट उपभोक्ताले हरेक सामान खरिद गर्न सक्ने र सीमावर्ती जोगवनी बजार धाउन नपर्ने बताइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट