Techie IT
KTM Post
शुक्रबार, ८ साउन, २०८३

शिशुको डाइपरभित्र लुकाएर ल्याइएको खैरो हेरोइनसहित भद्रपुरबाट चार जना पक्राउ


भद्रपुर (झापा)। शिशुले लगाएको डाइपरभित्र लुकाएर ल्याउँदै गरेको अवैध लागूऔषध खैरो हेरोइनसहित झापामा चार जना पक्राउ परेका छन्। भद्रपुर नगरपालिका-५ स्थित बसपार्क क्षेत्रबाट बिहीबार साँझ उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेहरूमा भारतको किशनगञ्ज जिल्ला वडा नम्बर १२ बस्ने मोहित आलम, उनकी श्रीमती जेनेतुन खातुन, उनका छोरा सोहेल आलम र उनीहरूसँगै अटोमा सवार मोहम्मद तजरुल रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ह ५०११ नम्बरको अटो रिक्सालाई शङ्कास्पद लागेपछि प्रहरीले रोकेर जाँच गरेको थियो। त्यसक्रममा साथमा रहेको शिशुले लगाएको डाइपरभित्र लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा झन्डै १० ग्राम तौल भएको खैरो हेरोइन फेला परेको हो।

बरामद लागूऔषधसहित पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट