सत्ता गठबन्धनप्रति गोकुल बाँस्कोटाको कटाक्ष: ‘विजय मल्लको नाटक अन्तिम भोजजस्तै’
काठमाडौं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूबीच भएको नयाँ सत्ता गठबन्धनको सहमतिप्रति तिखो टिप्पणी गरेका छन्। उनले यस राजनीतिक घटनाक्रमलाई साहित्यकार विजय मल्लको प्रसिद्ध नाटक ‘अन्तिम भोज’सँग तुलना गर्दै कटाक्ष गरेका हुन्।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले यस्ता गठबन्धनहरू ‘खोपी सत्ता’ भत्कने र बन्ने खेलमा मात्र सीमित हुने गरेको आरोप लगाएका हुन्।
एमाले र माओवादीबीचको नयाँ समीकरणले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चकित पार्ने हैसियत बनाएको उल्लेख गर्दै उनले विगतमा निरन्तर भइरहेका राजनीतिक गठबन्धन फेरबदलका शृङ्खलाहरूको गम्भीर समीक्षा हुनुपर्ने विषय औंल्याएका छन्।
गठबन्धन बन्ने र भत्कने प्रक्रियामा केही सीमित शीर्ष नेताबाहेक अन्य कसैले सुइँको समेत नपाउने परिपाटी विडम्बनापूर्ण र परम्परा नै बनेको उनको भनाइ छ। ‘सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए।खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेताबाहेक अरूले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो,’ उनले लेखेका छन्, ‘हाँडी बोकेर स्वर्ग कि नर्क बतासझैँ बत्तिएका छन्। विजय मल्लको अन्तिम भोज नै त यो होइन होला? अचम्म लाग्छ।’
क्याटेगोरी : राजनीति













प्रतिक्रिया