Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

एक हजार ८१६ सुकुम्बासी परिवारका ७ हजार ७ सय ८९ सरकारको सम्पर्कमा


काठमाडौं । एक हजार ८१६ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा आएका छन्। सरकारले बागमती र यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा घर टहरा लगायतका संरचना भत्काएपछि उनीहरू सरकारको सम्पर्कमा आएका हुन् ।

हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १ हजार ८१६ परिवारका ७ हजार ७ सय ८९ जना सरकारको सम्पर्कमा आएको बताइएको छ । सम्पर्कमा आएकामध्ये ७९४ जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ।

यसैगरी दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा आएका बाँकी व्यक्ति भने हालका लागि आफ्नै पहलमा आवासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन् । सरकारले व्यवस्थापनका लागि कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटल होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिरहेको छ।

त्यसैगरी भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रलाई होल्डिङ सेन्टरका रूपमा प्रयोग गरिको भक्तपुर प्रहरीले जनाएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट