Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सीमाबारे नेपालको अडान स्पष्ट छ, सहकार्य र संवादबाटै टुंग्याउनुपर्छ : सरकारका प्रवक्ता


काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलेले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग रहेकोको प्रष्ट धारणा सार्वजनिक गरिसकेको बताएका छन्। नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जाने बाटो भारत र चीनले खुलाएपछि विवाद भइरहेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता पोखरेलले सीमा विवादमा समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘सरकारको तर्फबाट नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्रीले आफ्नो नोट जारी गरिसकेको छ । भारत सरकारले पनि सहकार्यबाटै यसको निकास निकाल्नुपर्छ भनेको छ । सीमा विवाद भइरहेको भू-भाग नेपालको हो भन्नेमा सरकार प्रतिबद्ध छ । बाँकी दुई देशका सरकारबीच सहकार्य र संवादबाट हुने कुरा हो ।’

त्यस्तै, सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटो पर्ने भूमि नेपालकै हो भन्ने कुरामा प्रतिबद्ध रहेको बताएको छ । भारतले केही दिन अघि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुने छ ।

परराष्ट्र मन्त्रालयले हिजो मात्रै कूटनीतिक नोट पठाउँदै उक्त भू–भागमा कुनै गतिविधि नगर्न दुवै छिमेकी भारत र चीनलाई आग्रह गरेको थियो । यसैबीच भारतले पनि जवाफ फर्काउँदै मानसरोवर जाने बाटो पुरानै विषय भएको दाबी गरेको थियो ।

भारतीय विदेश मन्त्रालयद्वारा अप्रिल ३० मा जारी विज्ञप्तिमा यस वर्ष यात्राका लागि कुल २० समूह हुनेछन् । तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेख पासबाट र अन्य १० समूह सिक्किम हुँदै नाथु ला पासबाट यात्रा गर्नेछन् । प्रत्येक समूहमा ५० जना यात्रु रहने छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट