Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

६ लाख भारुसहित नेपालगञ्जबाट दुई पक्राउ


काठमाडौं । बाँकेमा प्रहरीले स्रोत नखुलेको ६ लाख भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिका– २ स्थित एकलैनीबाट नरैनापुर गाउँपालिका– ५ बस्ने २९ वर्षीय वीरवल कुम्हार, सोही गाउँपालिका– ४ बस्ने ३८ वर्षी मुनिव खाँलाई पक्राउ गरिएको उनले बताए । सो रकम आन्तरिक राजस्व कार्यालय, कोहलपुरमा बुझाइएको छ भने पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट