१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने
काठमाडौं । सरकारले १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने घोषणा गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेले यस्तो उल्लेख गरेका हुन् ।
‘उच्च शिक्षालाई श्रमबजारसँग आवद्ध गर्दै विश्वविद्यालयको प्राज्ञिक तथा शासकीय पुनर्संरचना गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामाग्री र कृतिम बृद्धिमतामा आधारित सिकाई प्रणाली विस्तार गरिनेछ ।’
क्याटेगोरी : समाचार










प्रतिक्रिया