Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भएको भएको सुनको मुल्य आज ७ सय रुपैयाँले घटेर आज प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ७ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट