Techie IT
KTM Post
बिहीबार, ३१ वैशाख, २०८३

नुवाकोटमा दाजुभाइ हत्या प्रकरण : ६ जना पक्राउ


काठमाडौं । नुवाकोटमा दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । दाजुभाइ हत्याको अनुसन्धानको क्रममा अहिलेसम्म ६ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ ।

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा बुधबार दुई दाजुभाइको शव फेला परेको थियो । किम्ताङबेँसी निवासी ४३ वर्षीय सोमनाथ तामाङ र उनका भाइ ३६ वर्षीय सूर्यमान तामाङको शव जंगलमा फेला परेको थियो ।

दाजुभाइकै शव किम्ताङ खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा भेटिएको थियो । बुधबार बिहान १० बजे खबर आएपछि खोजतलास गर्दा शव भेटिएको प्रहरीले बताएको छ । घटनास्थल नुवाकोट र धादिङको सीमा क्षेत्रमा पर्छ ।

प्रहरीलाई भने गोली प्रहार गरेर दाजुभाइको हत्या भएको जानकारी आएको थियो । कसरी हत्या भयो भन्नेबारे प्रहरीले केही खुलाएको छैन ।यद्यपि घटनास्थलबाट प्रहरीले खुकुरी समेत बरामद गरेकाले धारिलो हतियार प्रहारबाट हत्या गरिएको आशंका गरिएको छ ।

हत्याको कारण पनि खुलिनसकेको प्रहरीले बताएको छ । आर्थिक लेनदेनका कारण हत्या भएको हुनसक्ने आशंका गरिए पनि यसको पुष्टि हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

परिवारका सदस्यका अनुसार दुवै दाजुभाइ मंगलबार बिहान कुलो बनाउन भन्दै घरबाट निस्केका थिए । त्यसपछि उनीहरू सम्पर्कविहीन भएका थिए । घटनास्थल सडकबाट करिब ५ घण्टाको पैदल दुरीमा धादिङको सीमा नजिक पर्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट