Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

४ हजार ५ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ४ हजार ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३ सय ३० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ३ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट