चाँदी आयातमा कडाइ, अब सरकारको अनुमति लिनुपर्ने
काठमाडौं । भारत सरकारले चाँदी आयातमा कडाइ गरेको छ। भारत केन्द्रीय सरकारले एक परिपत्र जारी गर्दै चाँदी आयातमा कडाइ गरेको हो।
अब ९९.९ प्रतिशत शुद्ध चाँदीका बार, नगढिएको चाँदी, चाँदीको धुलो र सुन वा प्लेटिनम प्लेटेड चाँदी आयात गर्न सरकारको अनुमति लिनुपर्ने भएको छ।
यसअघि भारतमा चाँदी सजिलै आयात गरिन्थ्यो। तर, अहिले प्रतिबन्धात्मक श्रेणीमा राखिएको छ। भारत सरकारले गैरआवश्यक आयात घटाउन र विदेशी मुद्रा खर्च नियन्त्रण गर्न यो कदम चालेको बताइएको छ।
क्याटेगोरी : अर्थ











प्रतिक्रिया