Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

हर्क साम्पाङको आरोपमा महावीर पुनको कडा प्रतिवाद, “मन्त्री खानलाई मरिहत्ते गर्ने मान्छे होइन”


काठमाडौं । हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत महावीर पुन लाई ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मान्छे’ भएको आरोप लगाएपछि विवाद थप चर्किएको छ।

साम्पाङको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै वैज्ञानिक पुनले आरोपको कडा शब्दमा खण्डन गरेका छन् । । पुनले साम्पाङमाथि कटाक्ष गर्दै भने, “उहाँ आरोप लगाउनेमा PhD गरेको मान्छे हो । म मन्त्री हुनलाई रास्वपामा जाने मान्छे होइन। मन्त्री खानलाई मरिहत्ते गर्ने मान्छे पनि होइन, सरकारलाई मदत गर्ने मान्छे हो ।”

पुनले आफू कुनै पद वा राजनीतिक लाभका लागि नभई देश र समाजको हितका लागि काम गर्दै आएको स्पष्ट परेका छन् । । सामाजिक सञ्जालमा दुवै पक्षका अभिव्यक्तिपछि समर्थकहरूबीच पनि तीव्र बहस सुरु भएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट