Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ


काठमाडाैं। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १४ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार लागुऔषध ओसारपसार र बिक्रीवितरणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै बाँकेबाट पाँच जना पक्राउ परेका छन्। यसैगरी मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई जना तथा सुनसरी र काठमाडौँबाट एक/एक जनालाई लागुऔषधसहित नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले अवैध लागुऔषध गाँजा, अफिम र खैरो हेरोइन बरामद गरेको छ। यसका साथै चिकित्सकको विशेष सिफारिस बिना खरिद–बिक्री गर्न नपाइने प्रतिबन्धित औषधिहरू ट्रामाडोल र स्पास्मो समेत ठुलो परिमाणमा बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट