४७ सय रुपैयाँले सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य ४७ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ४ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मुल्य पनि तोलामा १ सय ४५ रुपैयाँले बढेर ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी ४ हजार १ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया