Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

बैशाखमा ५८ हजारभन्दा बढी घरजग्गा कारोबार, सरकारलाई ६ अर्बभन्दा बढी राजस्व


काठमाडौं । नयाँ वर्ष २०८३ को सुरुवाती महिना बैशाखमा देशभर घरजग्गा कारोबारमा उत्साहजनक वृद्धि देखिएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार बैशाख महिनाभर देशभरका भूमि प्रशासन कार्यालयमार्फत ५८ हजार ८ सय ८६ वटा घरजग्गा किनबेच सम्पन्न भएका छन्।

यो संख्या अघिल्लो महिना चैतको तुलनामा ६.०४ प्रतिशतले बढी हो। चैतमा ५५ हजार ५ सय ३१ वटा कारोबार भएका थिए। यस्तै, गत वर्षको बैशाखसँग तुलना गर्दा कारोबार १२.३४ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ। गत वर्ष सोही अवधिमा ५२ हजार ४ सय १५ वटा कारोबार भएका थिए।

घरजग्गा कारोबारसँगै सरकारको राजस्व संकलनमा पनि सुधार आएको छ। चैत महिनामा ६ अर्ब १६ करोड ५७ लाख रुपैयाँ राजस्व उठेकोमा बैशाखमा बढेर ६ अर्ब २६ करोड ३८ लाख रुपैयाँ पुगेको विभागले जनाएको छ।

सरकारले घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर तथा पुँजीगत लाभकरलगायत शीर्षकमा राजस्व उठाउँदै आएको छ। विभागका अनुसार बैशाखमा सेवा करबाट ३४ करोड ४० लाख ६३ हजार रुपैयाँ, रजिस्ट्रेसन दस्तुरबाट ३३ करोड १९ लाख रुपैयाँ र पुँजीगत लाभकरबाट ३३ करोड ३८ लाख रुपैयाँ संकलन भएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट