सहकारी पीडितको बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड दिने
काठमाडौं । समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्ने चक्रीय कोषमा सरकारले थप २५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था अनुसार सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेकोमा थप २५ करोड पनि दिने तयारी गरेको हो ।
सरकारले दिने थप २५ करोड रुपैयाँसहित कोषमा सरकारको तर्फबाट ५० करोड योगदान हुनेछ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता गर्न चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, ०८३ बनाइ लागु गरिरहेको छ । स्थापित चक्रीय कोषमा सरकारले दिएको र समस्याग्रस्त सहकारीका ऋणीको सम्पत्ति बिक्रीबाट प्राप्त रकम जम्मा हुन्छ । सोही रकमबाट पीडित बचतकर्ताको रकम फिर्ता हुँदै जानेछ । बचत फिर्ता सोमबारबाट सुरु भएको छ ।
विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकताको ३६ नम्बर बुँदामा सहकारी क्षेत्रका समस्या समाधान गर्ने विषयमा उल्लेख गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया