Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

सशस्त्र प्रहरीमा व्यापक बढुवा, एआईजीदेखि डीएसपीसम्म पदोन्नति


काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न तहमा व्यापक बढुवा प्रक्रिया अघि बढाइएको छ । डीएसपीदेखि एआईजीसम्मका अधिकारीहरू बढुवा सिफारिसमा परेका हुन् ।

डीआईजी अञ्जनी कुमार पोखरेललाई एआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ । यस्तै, साधारण समूहका एसएसपी राजेन्द्र खड्का डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । खड्का डीआईजीमा सिफारिस भएसँगै उक्त स्थानमा साधारण समूहकै एसपी सञ्जय भट्टराई एसएसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

कानून समूहअन्तर्गत एएसएसपी युवराज अर्याल पनि डीआईजी बढुवाका लागि सिफारिसमा परेका छन् । अर्यालको बढुवा सिफारिसपछि कानून समूहकै एसपी छविलाल पाण्डे एसएसपी पदमा बढुवा सिफारिस भएका छन् ।

प्राविधिक सञ्चारतर्फ इन्जिनियरिङ समूहका डीएसपी सौरभराज वन्त, ज्ञानेन्द्र राजभण्डारी र अजित मास्के एसपी पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

त्यस्तै, लेखा समूहका इन्स्पेक्टर विजय कुमार केसी र विकास थापालाई डीएसपी पदमा बढुवा सिफारिस गरिएको छ ।

प्राविधिक स्वास्थ्य समूहअन्तर्गत डीएसपी डा. स्वेता श्रेष्ठ र डा. उत्तम कार्कीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

साधारण समूहका डीएसपी राजकुमार ढकाल र गणेशबहादुर मल्ल पनि एसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट