Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

पूर्वराष्ट्रपति विद्या भण्डारीसँगै एकै मञ्चमा चार पूर्वप्रधानमन्त्री


काठमाडौं । नेपालका चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा देखिएका छन् । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनीहरू एकै मञ्चमा देखिएका हुन्।

पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली,पुष्पकमल दाहाल प्रचण्ड,माधव नेपाल र झलनाथ खनाल एकै मञ्चमा देखिएका हुन् । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष तहका नेताहरू सहभागी भएका हुन्।

यी चारै जना पूर्वप्रधानमन्त्री हुन्। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगै चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखिएका हुन्।

नेकपा संयोजक प्रचण्डले शुक्रबार विराटनगरमा आयोजित कार्यक्रममा एमालेसँग संसद र सडक दुवै मोर्चामा मिलेर अघि बढ्ने बताएका थिए।

तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यको वातावरण बनिसकेको र यो कुरा छलफलबाट निष्कर्षमा पुगेको उनको भनाइ थियो।

आफ्नो राजनीतिक यात्रामा ‘क्रमभंग’ गरिरहने स्वभावलाई स्मरण गर्दै दाहालले आगामी महाधिवेशनबाट फेरि नयाँ क्रमभंग हुने उद्घोष पनि गरेका थिए। उनले यसलाई आफ्नो जीवनको ‘अन्तिम क्रमभंग’ भन्दै यसका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरेका थिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट