आजदेखि गाडीका काला सिसाका स्टिकर हटाउन ट्राफिक प्रहरीको अभियान
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएका काला सिसाका स्टिकर हटाउने अभियान सुरु गरेको छ।
कार्यालयका सूचना अधिकारी (एसपी) नरेश सुवेदीका अनुसार उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनमा नियमविपरीत जडान गरिएका काला सिसाका स्टिकर हटाउने कार्य आजदेखि सुरु गरिएको हो।
ट्राफिक प्रहरीले यस अभियानअन्तर्गत सवारी चालकलाई कालो सिसा हटाउन निर्देशन दिँदै आवश्यक परे स्टिकर तत्काल हटाउने जनाएको छ।
प्रहरीका अनुसार कालो सिसाका कारण सवारीभित्रको गतिविधि बाहिरबाट देख्न कठिन हुने भएकाले सुरक्षा, अपराध नियन्त्रण तथा ट्राफिक नियम कार्यान्वयनलाई प्रभावकारी बनाउन यो अभियान सञ्चालन गरिएको हो।
क्याटेगोरी : समाचार













प्रतिक्रिया