२८ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य २ हजार ८ सय रुपैयाँ घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला २ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्प आज २ हजार ८ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला ५ हजार १ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया