धनियाँको मूल्य बढ्यो, पुदिनाको घट्यो
काठमाडौं । बजारमा हरियो धनियाँको मूल्य बढ्दा पुदिनाको घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार हरियो धनियाँ र पुदिनाको मूल्यमा घटबढ भएको देखाएको हो ।
सोमबार धरियो धनियाँको मूल्य थोकमा प्रतिकिलो २४ रुपैयाँ बढेको छ । यस्तै पुदिनाको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको छ । हरियो धनियाँ हिजो आइतबार प्रतिकिलो औसत ७४ रुपैयाँमा किनबेच भएकामा आज ९४ रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै आज सोमबार पुदिना औसत ९० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो भने १ सय रुपैयाँमा किनबेच भएको थियो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया