दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिल कार्यालयले सोमबार उनीविरुद्ध अभियोग दायर गरेको हो ।
जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको छ ।
प्रसाईंलाई अदालतमा उपस्थित गराएसँगै उनका समर्थकहरूले पर्सा जिल्ला अदालत अगाडी नाराबाजी गरेछन् । विभिन्न युट्युब च्यानल र वीरगन्ज पुगेपछि प्रसाईंले दिएका अभिव्यक्तिलाई प्रहरीले अनुसन्धानको आधार बनाएको छ । प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको जनाइएको छ ।
त्यस्तै सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईंले अश्लील टिप्पणी गरेका छन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया