१३ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य १ हजार ३ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ९० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
क्याटेगोरी : अर्थ












प्रतिक्रिया