Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा ३८ जना घाइते


काठमाडौं । कपिलवस्तुको बरइपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १२६६ नं को बस बिहान सवा ३ बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम, र अन्य १७ जना सामान्य रहेको र अन्य सकुशल सबै घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट