चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरी
काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी डा। श्रीकृष्ण गिरीले पाएका छन् । प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले सोमबार डा. गिरीलाई जिम्मेवारी दिएका हुन् ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डा। अञ्जनी कुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए । त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो ।
डा. गिरी आयोगका पूर्वउपाध्यक्ष समेत हुन् । आयोगको स्थापना भएपछि पहिलो उपाध्यक्ष रहेका उनले ४ वर्षे कार्यकाल पूरा गरी बाहिरिएका थिए ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया