Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

१ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात


काठमाडौं । नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको पाइएको छ । चालु आर्थिक वर्षमा हालसम्म ५ लाख ५४ हजार ७६२ मेट्रिक टन मल आपूर्ति भइसकेको छ । यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको छ ।

‘गोदाममा रहेको, नेपाल भित्रिसकेको र गोदममा इन्ट्री हुन बाँकी रहेको गरेर हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन मल मौज्जाद रहेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ । मध्यपूर्वको द्वन्द्वका कारण रासायनिक मल आर्पुितमा समेत समस्या भएको उनले बताइन् । उनका अनुसार १ लाख ८७ हजार मेट्रिक टन मल आयात हुन सकेको छैन ।

भारतसँग जिटुजीमार्फत ५० हजार मेट्रिक टन मल खरिदको प्रक्रिया मन्त्रिपरिषद्‍बाट स्वीकृति लिएर अगाडि बढाइएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट