सूचना दिने र भ्रष्टाचारविरुद्ध सहयोग गर्नेलाई पुरस्कार दिने सरकारको घोषणा
काठमाडौं — नेपाल सरकारका प्रधानमन्त्रीले भ्रष्टाचार तथा गैरकानुनी गतिविधिविरुद्ध सूचना दिने व्यक्तिलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने नयाँ व्यवस्था घोषणा गरेका छन्।
सार्वजनिक गरिएको व्यवस्थाअनुसार गोप्य सूचना उपलब्ध गराउने व्यक्तिलाई १५ प्रतिशतसम्म पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी सामान बरामद गर्न सहयोग पुर्याउनेलाई २० प्रतिशत तथा अभियुक्त पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई ३० प्रतिशतसम्म पुरस्कार दिने व्यवस्था गरिएको छ।
सरकारले सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने जनाएको छ। साथै, सूचना तथा सहयोग उपलब्ध गराउने व्यक्तिलाई सम्मानस्वरूप नगद १० हजार रुपैयाँसमेत प्रदान गरिने उल्लेख गरिएको छ।
सरकारका अनुसार उक्त व्यवस्था भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले ल्याइएको हो।
क्याटेगोरी : समाचार













प्रतिक्रिया