Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा चल्यो डोजर


काठमाडौं । पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ । सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको हो ।

ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए । नेकपानिकट मजदुर संगठनले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरेको थियो ।

हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत छ ।

यहाँको संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट